विश्वभरिकै सबै शेर्पा संघहरु र किदुगहरुको सहाभागीतामा यही अक्टुबरको ८,९ र १० तारिख काठमाडौमा भव्यताका साथ प्रथम ऐतिहासिक विश्व शेर्पा सम्मेलनको अन्तिम तयारी भइरहेको छ । सम्मेलनको उदघाटन लाजिम्पाटस्थित रयाडिसन होटलमा प्रधानमन्त्रि शेर बहादुर देउवाद्धारा हुने भएको छ भने दोश्रो र तेस्रो दिनको कार्यक्रम बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्र ( शेर्पा गुम्बा) मा विभिन्न विषयहरुमा छलफल हुने भएको छ । यो सम्मेलन विश्व शेर्पा सम्मेलन तद्धर्थ समितिको पहलमा हुन लागेको हो ।
विश्व शेर्पा सम्मेलनको उद्धेस्यहरु
१ शेर्पा समुदायमा अबको भावी पुस्तालाई शेर्पाको मौलिक पहिचान बारेमा ज्ञान दिलाई आफनो मौलिकता जोगाउनका साथै शेर्पा समाजमा धर्म ,सस्कृति र परम्परामा देखिदै आएको विकृति र विसंगतिहरुलाई हटाउनका लागी ।
२ शेर्पा समुदायमा रहेका विभिन्न क्षेत्रका विज्ञहरुको सहाभागीतामा समुदायमा हरेक क्षेत्रमा बढि भन्द जनशक्ति उत्पादनका गर्नका लागी
३ मातृभुमी नेपाल र शेर्पा समुदायको सुखदुखमा विश्वभरिका सवै शेर्पाहरु एक जुट भएर एउटै प्लेटर्फम मार्फत सहयोग गर्नका लागी ।
३ मातृभुमी नेपालमा शेर्पा लगायत अन्य समुदायलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा व्यापाक छलफल गर्नका लागी ।
४ विदेशमा बस्ने शेर्पाहरुलाई देश विदेशमा लगानीको वातवारण सृजना गर्नका लागी
को को प्रतिनिधि हुदैछन ?
सम्मेलनमा करिब डेट सय जति विदेशबाट र नेपालबाट २ सय गरि करिब ३ सय ५० जना प्रतिनिधिहरु सम्मिलित हुने भएको छ । नेपालबाट शेर्पा संघ कार्यसमिति, जिल्ला शेर्पा संघका प्रतिनिधिहरु ( २ जना हरेक जिल्लाबाट), त्यस्तै काठमाडौमा रहेका शेर्पा संघको भातृ संघ सस्थाहरुबाट ५ जना ( हरेक संघ सस्थाहरुबाट), काठमाडौमा रहेका विभिन्न जिल्ला तथा गाउको किदुगहरुबाट-( ३ जना हरेक किदुगहरुबाट) , धर्म गुरुहरु, सञ्चारकर्मिहरु कलाकारहरु र अन्य बिशेष बुद्धिजीविहरु, ब्यवसायीहरु लगायत हुने भएको छ । सम्मेलनले समुदायको हितमा विभिन्न विषयहरुमा हुने छलफलसंगै मस्यौदा विधानमाथि छलफल गरि कार्यक्रमको अन्तमा घोषणा पत्र जारी गर्नुको साथै नया कार्यसमिति समेत चयन हुने भएको छ ।
९ आश्विन २०७४, सोमबार
0
Shares