न्युयोर्क – बरिष्ठ तेक्वान्दो खेलाडी विधान लामालाई अन्तराष्ट्रिय तेक्वान्दो महासंघ (वल्ड तेक्वाण्दो फेडरेसन ) ले अफिसियल ताइक्वान्दो हल अफ फेम अवार्डद्धार सम्मान गरियो । विश्वभरिबाट तेक्वान्दो खेलमा लामो समयदेखिन योगादन पुर्याउदै आएका व्यक्तिहरु र अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई लामासंगै महासंघले गत सुक्रबार न्युयोर्कमा उक्त अवाड दिएको हो । तेक्वान्दो महासंघको यो अवाड पाउने विधान लामा पहिलो नेपाली हुन । उनलाई आयोजक सस्थाका सस्थापक ग्राण्ड मार्सल रविन्सनले अवार्ड प्रदान गरेका थिए ।
लामा सन १९८८ मा नेपालबाट सिउल ओलम्पिकमा कास्य पदक जित्ने पहिलो खेलाडी हुन । सन १९९० बाट अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा बसोबास गदै आइरहेको लामाले सन २००० देखि आफनै डोजोङ सञ्चालन गदै आएको छ । त्यस अघि उनी ओलम्पिक कोच ग्राण्ड मास्टर जेकेसिङको डोजाङमा प्रशिक्षक थिए । उनले खोलेको डोजाङमा अहिले विभिन्न समुदायको ४ वर्षदेखि ५६ वर्ष उमेरका करिब ९० जना प्रशिक्षार्थीहरुले तेक्वान्दो प्रशिक्षण लिइरहेका छन । नेपालमा तेक्वान्दो खेलमा लागेर लामाले १० औ एसियन खेलमा कास्य पदक, ताइक्वान्दो एसियसन च्यापियसिपमा रजत पदक र बर्सिलोनामा भएको वल्ड च्याम्पीयनसीपमा कास्य पदक जितेका थिए ।