अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटिले अमेरिकामा बसोबास गर्दै आइरहेको अप्रावसीहरुको सामाजिक सञ्जालहरुमा निगरानी राख्ने भएको छ । सरकारको गत साता सार्वजनिक गरेको नया सघीय कानुन अनुसार डिपार्मेन्ट अफ होमल्याण्ड स्क्युरिटी, अध्यागमन विभाग र अन्य सुरक्षा निकाय मार्फत अमेरिकाबासीहरुको सामाजिक सञ्जाल फेसबुक र ट्वीटर लगायत अन्य समाजिक सञ्जालहरुमा हुने गतिविधिहरूको अनुगमन गर्ने भएको छ ।
यो नियम गि्रनकार्ड हुनेहरुलाई मात्र होइन अमेरिकी नागरिकता लिएकाहरुको समेत यही अक्टुबरको १८ वाट लागु हुने गरि उनीहरुको सामाजिक सञ्जाल सम्बन्धी गतिविधिहरु सम्बन्धीत निकाय मार्फत सङ्कलन गर्न सकिने भएको छ । यो अनुसार कुनै पनि अमेरिकन नागरिकले सामाजिक सञ्जालमा सरकार तथा अमेरिकाको बारेमा गरिने क्रियाकलापहरूको बारेमा निगरानी राखिने भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा अमेरिका आउन चाहनेहरुका हकमा बितेको ५ वर्षमा सामाजिक सञ्जालमा गरिएका गतिविधि अनुगमन गरेर मात्र अमेरिकन भिसा दिने नया नियमको बारेमा अध्यागमन विभाग र सम्बन्धित देशका दुतावासहरुलाई सचेत गराएका थिए ।
https://www.federalregister.gov/documents/2017/09/18/2017-19365/privacy-act-of-1974-system-of-records