४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

सय बाढीपीडित परिवारलाइ राहत वितरण


१५ आश्विन २०७४, आइतबार  

0
Shares

सुरज राई/इटहरी 

गत श्रावण महिनामा  इटहरिको बुढी खोलामा आएको बाढीबाट प्रभाबितलाई दशैंको शुरुवात संगै राहत वितरण गरिएको छ ।

युनाइटेड किरात अर्गनाइजेसन अफ अमेरिका,किरात राई यायोखा  प्रारम्भिक कार्य समिति इटहरी,साइप्रस,हंगकंग,युके,दुबई, इजराएल, मलेसियामा  कार्यरत नेपालीहरु र धरान तथा स्थानीय इटहरीबाट संकलन गरिएको संयुक्त राहत वितरणबाट १००  घर परिवार लाभान्वित भएका छन।
कार्यक्रममा संयोजक शिब बान्तवाले आफुले देखेको पिडितको समस्या लाइ केहि भए पनि मल्हम पट्टि गर्न सकिन्छ कि भनि सम्पूर्णमा हार गुहार गरिएको र राहत संकलन गरिएको र दाता हरुलाई धन्यवाद दिए ।
बुढी खोलामा आएको बाढीबाट  प्रभाबित १७६ घर  धुरी भएको तर हाल  १०० घर धुरीलाई मात्र राहत दिन सक्षम भएको बान्तवाले बताए । जस मध्ये  ४६ घर परिवारलाइ एक थान ब्लाङ्ग्केट, एउटा ४  लिटरको प्रेसर कुकर २५ केजिको एक बोरा चामल र  रु १०००/-रकम  वितरण  गरिएको र ५४  घर परिवारलाई नगद रु ४२००/-प्रतिघरका दरले  बितरण  गरिएको उनले बताए ।
बाअामा गुमाएका कमला राई-१५ र निसान  राई-११  लाई रु ३९,४०६।- र  ५ र ६ बालबालिका रुप्सनी राइ र रुपेश राइ लाई  २१ ,५०६ ।-रकम जिन्सीसहित प्रदान गरिएको संयोजक बान्तवाले जानकारी दिए ।
सहयोग रकम मध्ये युनाइटेड किरात अर्गनाइजेसन अफ अमेरिकाबाट रु १,००,०५४।-,राज सुनुवार किरात  र शिव बान्तावा राई बाट संकलित रु ३,१३,४५८।-,किरात राई  यायोखा प्राकास  इटहरी  बाट संकलित रकम रु १,२७,५००।-संकलन गरिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७४, आइतबार  ५ : ३८ बजे