शेर्पा समुदायको हितमा अक्टुबरको ८,९ र १० तारिख काठमाण्डौमा हुन लागेको प्रथम ऐतिहासिक बिश्व शेर्पा सम्मेलनमा भाग लिन विभिन्न मुलुकहरुबाट प्रतिनिधिहरु काठमाडौ आउन थालेका छन । लाजिम्पाटस्थित रयाडिसन होटलमा अक्टुबर ८ को दिन दिउसो १ बजेबाट शुरु हुने कार्यक्रमको उदघाटन प्रधामन्त्रि शेरबहादुर देउवाबाट हुने छ । सम्मेलनमा नेपाल शेर्पा संघले नेपालमा दुई वर्ष अघि गएको भुकम्पमा परि दुख भोग्नु परेकाहरुलाई सहयोग गर्ने विभिन्न मुलुकका शेर्पा किदुगहरु तथा शेर्पा संघसस्थाहरु र व्यक्तिहरुलाई प्रधानमन्त्रिबाट प्रसंसापत्रको साथ सम्मान गर्न लागेको सम्मेलन आयोजक समितिका संयोजक तथा नेपाल शेर्पा संघको अध्यक्ष आङ दोर्जी शेर्पाले जानकारी दिनु भयो ।
उहाका अनुसार दोश्रो दिन काठमाडौ बौद्धटुसालस्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) को अन्डरग्राउण्ड हलमा हुने सम्मेलनमा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित शेर्पा मेयरहरु, उपमेयरहरु प्रमुखहरु, उपप्रमुखहरु लगायत वडा अध्यक्षहरुलाई सम्मान गरिने भएको छ । दोश्रो र तेस्रो दिनको कार्यक्रम विहान साढे ७ बजे बिहानी खाजासंगै शुरु भएर बेलुकी ७ बजेसम्म हुने भएको छ । सम्मेलनको दोश्रो दिन शेर्पा भाषा, धर्म र सस्कृति , शिक्षा, आर्थिक मितव्ययिता, लगानीको अवसर, सञ्चार, राजनितिक र ग्लोबल वार्मिङ लगायतका विभिन्न विषयहरु कार्यपत्र सहित व्यापक छलफल हुने भएको छ । तेस्रो दिन विश्व शेर्पा शेर्पा संघ तद्धर्थ समितिले तयार पारेको मस्यौद विधानमाथि छलफल गरि घोषणा पत्र जारी गदै विश्व शेर्पा संघ नया कार्यसमिति गठन गरिने भएको छ ।
सम्मेलनमा करिब डेट दर्जन भन्द बढि विभिन्न मुलुकमा रहेका शेर्पा किदुग र शेर्पा संघ लगायत ३ सय भन्द बढि प्रतिनिधिहरु सहाभागी हुने भएको छ । सम्मेलनमा अहिलेसम्म प्राप्त जानकारी अनुसार सबैभन्द बढि सिक्किमबाट १८ जना र अमेरिकाबाट १९ जना प्रतिनिधि उपस्थिति हुने भएको छ । सम्मेलनमा अमेरिका, युरोप, वेलयत, अष्ट्रिलियालाई २ सय डलर ( २० हजार नेपाली रुपिया) र खाडी मुलुकहरु र पुर्वि एसियाबाट आउने प्रतिनिधिहरुलाई १ सय डलर ( १० हजार ) सहाभागी शुल्क तोकिएको छ । त्यस्तै सिक्किम, दार्जिलिङ,लगायत भारतबाट आउनेहरुलाई ५ हजार नेपाली रुपिया तोकिएको छ भने नेपालमा रहेका विभिन्न शेर्पा संघसस्थाका प्रतिनिधिहरुलाई २ हजार नेपाली रुपिया तोकिएको छ । सम्मेलनमा अनिवार्य रुपमा शेर्पा पोशाक लगाउने सवैमा खबर भइसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।