काठमाडाैं । विवादित पूर्व डिअाइजी नवराज सिलवाल एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा अोलीले राजधानीको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा टीका र खादा लगाएर पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा अाफुले एमाले पार्टी रोजेको कारणबारे उनले प्रष्टाउँदै भने, ‘ममाथि अन्याय भयो । मेरो अस्थित्वमाथि प्रहार भयो । न्याय र अस्थित्व जोगाउन एमाले प्रवेश गरेको हुँ, एमाले बाहेक अन्य पार्टीबाट न्याय र नागरिकको अस्थित्व जोगाउन सम्भव छैन ।’
त्यसैगरी उनले अाफुलाइ राजनीतिले हस्तक्षेप गरेपछि राजनीतिमा अाउनै परेको स्पष्ट पारेका थिए । सरकारले जयबहादुर चन्दलाइ अाइजिपी बनाएपछि उनले अाफुलाइ अाइजिपी बनाउनुपर्न भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । उनको मुद्दासँगै चन्दको अाइजिपीको फुली खोसेको थियो भने प्रकाश अर्याल अाइजिपी बनेका थिए ।