२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

गोपीकृष्ण हलबाट प्रदर्शन सुरू हुदैं शेर्पा चलचित्र ‘टिन्छेन फमा’


२३ आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडौं । शेर्पा भाषाको चलचित्र टिन्छेन फमा असोज २६ बाट देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रकी निर्देशक÷लेखक आङङिमा शेर्पा ‘कुङ्गा’ले उक्त जानकारी दिएकी हुन् ।

पहिलो दिन काठमाडौंस्थित गोपीकृष्ण फिल्म हलमा प्रदर्शन हुने उनले बताइन् । त्यसैगरी विभिन्न सहरहरु र विदेशमा पनि प्रदर्शनको कार्यक्रम तय हुँदै गरेको उनले जानकारी दिइन् ।

नेपाली अर्थ अभिभावक रहेको यस चलचित्रमा पछिल्लोपटक शेर्पा संस्कृतिमा भएका आरोहअवरोह र हिमालका घटनाहरु कथामा समावेश रहेको निर्देशक कुङ्गाले बताइन् । चलचित्रको संवादसमेत उनी आफैले गरेकी छन् ।

निर्माणमा आङ्कुङ्गा शेर्पा, तेन्जी शेर्पाले सहयोग गरेको उनले जानकारी दिइन् । चलचित्रमा चोङ्बा शेर्पा, निर्देशक कुङ्गा, केल्साङ केस, दावा ग्याल्जेन शेर्पा, छिरिङ शेर्पा, पत्रकार सोनाम याङ्जी शेर्पा, पासाङ ल्हामु शेर्पा, तेन्जिङ शेर्पालगायतको भूमिका रहेको छ । सोलुखुम्बुको गुदेलमा जन्मिएकी कुङ्गा नेपाली गीत, गजल र मुक्तक लेखनमा परिचित छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार  ८ : ४९ बजे