१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

विश्व शेर्पा सम्मेलनको दोस्रो दिनः विभिन्न विषयका कार्यपत्रमाथि छलफल


२३ आश्विन २०७४, सोमबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

आइतबार सुरु भएको पहिलो विश्व शेर्पा सम्मेलन दोस्रो दिन सोमबार विभिन्न विषयका विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरी छलफल गरियो । काठमाडौंको बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्रमा बिहान ७ बजेबाट बेलुकी ७ बजेसम्म भएको छलफलमा करिब २२ मुलुकका करिब पाँच सय शेर्पा प्रतिनिधिहरुको उपस्थिति थियो ।

ग्लोबल शेर्पा एसोसिएसन तथर्द समितिको संयोजक तथा नेपाल शेर्पा संघका अध्यक्ष आङदोर्जी लामा शेर्पाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षा, राजनीतिक, लगानी, धर्म, मितव्यायीता, सञ्चार, लगानी, पर्वतारोहण, वातावरण, महिला सशक्तीकरण, युवा, विद्यार्थीलगायत विषयमा कार्यपत्र प्रस्तुत भएको थियो ।

प्रस्तुत कार्यपत्रमाथि विभिन्न दश समूहमा छलफल गरिएको थियो । प्रत्येक समूहमा ३० बढी प्रतिनिधिहरु सहभागी थिए ।
कार्यक्रममा बौद्ध धर्मसम्बन्धी आचार्य नुर्बु शेर्पा, राजनीतिसम्बन्धी पूर्व सांसद वाङछे शेर्पा, भाषासम्बन्धी डा लाक्पा नोर्बु शेर्पा, लगानीसम्बन्धी इन्जिनियर गोरे शेर्पा, मितव्यायितामा आङलेमी शेर्पा, शिक्षामा डा ल्हाक्पा शेर्पा, पर्वतारोहण तथा वातावरणमा पत्रकार आङछिरिङ शेर्पा, संस्कृतिमा सेर्कु शेर्पा, युवामा ल्हाक्पा शेर्पा, पत्रकारितमा निमलक्की शेर्पा, विद्यार्थीमा निमसाङ्गे शेर्पा, महिलामा पासाङ डोमा शेर्पालगायतका कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रम शेर्पा संघका महासचिव ङवाङ सोनाम शेर्पाले सञ्चालन गरेको थियो ।

सम्मेलन होटल रेडिसनमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा छ्युमी बालेर तथा बाैद्धधर्म गुरूहरूद्वारा धार्मिक मन्त्रोचरण गरी उद्घाटन गरिएको थियो ।

तेस्रो दिन मंगलबार शेर्पा सेवा केन्द्रमा सोमबार प्रस्तुत गरिएका कार्यपत्रमाथि वृहत छलफल गरी निचोड निकालिनेछ र विश्व शेर्पा संघको मस्यौदा विधानमाथि छलफल गरी घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।

 

यो पनि

विश्व शेर्पा सम्मेलन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

शेर्पाले आफु मात्र हैन विश्वभर देशलाई चिनाएः प्रधानमन्त्री देउवा [भिडियो]

 

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार  ९ : ०५ बजे