१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनएः कोषध्यक्षमा थापा र युवा संयोजकमा शाहको उम्मेदवारी


२५ आश्विन २०७४, बुधबार  

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को कोषध्यक्षमा हिक्मत थापा र युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेदवारीको घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिको  कोषाध्यक्ष रहेका थापाले सोही पदमा पुनः निरन्तरता दिने गरी उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो कार्यकालमा शुरु भएको भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा नमूना आवासगृह निर्माण र काठमाडौँमा एनआरएनको केन्द्रीय कार्यालय निर्माणको काम जारी रहेकाले त्यसलाई सम्पन्न गर्न पुनः सोही पदमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
संस्था आर्थिक रूपमा बलियो नहुँदा धेरै साथी अभियानमा सहभागी हुन नसकेकाले एनआरएनलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने उहाँको चुनाबी नारा छ  ।
यसैगरी एनआरएन युवा संयोजकका लागि  शाहले उम्मेदवारी घोषणा गरे । एनआरएन अस्ट्रेलियाको तीन कार्यकाल उपाध्यक्ष भइसकेका उनले उक्त पदमा  उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनको आठौँ विश्व सम्मेलन यही असोज २८ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार  ५ : ११ बजे