काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्रीसहित तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले उपप्रधान तथा बिना विभागीय मन्त्री कमल थापा र बिना विभागिय मन्त्रीहरू जयन्त चन्द, दीलनाथ गिरी, बिक्रमबहादुर थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
समारोहमा उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।
राज्यमन्त्रीद्वारा शपथ ग्रहण
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त चार राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ एक समारोहबीच नवनियुक्त बिना विभागीय राज्यमन्त्री कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
समारोहमा उपप्रधानमन्त्री, मन्त्री, सरकारका मुख्यसचिवलगातयको उपस्थिति थियो ।