२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

काँग्रेसमै फर्के विजयकुमार गच्छदार, उनको पार्टी कांग्रेससँगै मिसियो


३० आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडौं । नेपाली काँग्रेस र विजयकुमार गच्छदारको नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमवीच आज एकता भएको छ । नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको हो ।

 

गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटक–पटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो ।

एक दशकपछि मुल पार्टीमा फर्किएका गच्छदारले आफूले कांग्रेस छाड्नुको कारणबारे बोल्दै गर्दा आँशु नै झारेका थिए । उनी एक छिन निःशब्द बनेका थिए । यो दृश्य हेरेर उक्त समारोहमा उपस्थिति सबै नेताहरु भावुक बनेका छन् ।

नेपाली काँग्रेससँग एकता पछि गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय हुनेछ। नेपाली काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ ।

 

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको एकताका लागि भएको सहमतिपत्र

मुलुकको राजनीतिलाईअधिनायकवादतर्फ धकल्ने प्रयत्नअहिले भई रहेको स्पष्टछ । यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिकजगलाई अझ सुदृढ एवं सर्वस्विकार्य वनाउनु हामी सवैको कर्तव्य हो । नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरम यस कर्तव्यप्रतिप्रतिवद्घ रहदै क्रियाशिल रहने संकल्पगर्दछौं । यस परिप्रेक्षमा संविधाननिर्माणगर्दा हामीदुई दलहरु समेत वीचभएको १६ वुँदे सहमतिले पनिसंविधानलाई थप स्वीकार्य वनाउने आधार प्रदान गरेको कुरा हामीपुनस्मरणगर्न चाहन्छौं । यसै कुरालाई हृदयगंमगर्दै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लीम र सिमान्तकृत समुदायलगायतको हक, अधिकार सम्वन्धमानेपाललोकतान्त्रिकफोरमले उठाउँदै आएकामुद्दालाई सम्वोधनगर्न नेपालीकांग्रेस सदा झै प्रतिवद्ध छ । यस प्रतिवद्धतालाई मुर्तरुप दिनहामीदुवै दलहरुले संविधान संसोधनको प्रयास व्यवस्थापिका संसदमाग¥यौं । संविधान संसोधनहुन सकेन, आगामिदिनमा यो कार्य सम्पन्नगर्नु हाम्रो साझाजिम्मेदारि हो । लोकतान्त्रिक संस्थाहरुलाई अझ सवलवनाउँदै मुलुकलाई समृद्धितर्फ अघिवढाउने विषयमाहामीदुवै दलको समानमान्यता रहीआएको छ।  साथै, थरुहट र मधेश आन्दोलनको सिलसिलामागिरफ्तार भएकाव्यक्तिहरुको मुद्दा राजनीतिकहो भन्ने नेपालीकांग्रेसले मानिआएको छ । तसर्थ, यस क्रममावन्दिहुनु भएकानिर्दोषनागरिकहरुको मुद्दाफिर्ता गरी रिहाई गर्न सरकारसँग आवश्यकपहलगर्न हामीदुवै दल सहमतछौं । माथिउल्लेखितआधारमा नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरम एक आपसमाएकतागर्न सहमतभएकाछौं । एकतापछि नेपालीकांग्रेसको सांगठनिक संरचनामा केन्द्र,प्रदेश,जिल्ला,नगर र गाउँसम्मका नेपाललोकतान्त्रिकफोरम र यसकाभातृ÷भगिनी संस्थाहरुको संरचनाएवं सदस्यहरुको यथोचित समायोजन गर्न हामीदुवैदल सहमतछौ ।

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार  ४ : २३ बजे