काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको जिम्मेवारी खोसेका छन्। प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विना विभागीय बनाएका हुन् ।
प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय आफैसँग राखेका छन् । राप्रापा अध्यक्ष कमल थापालाई उनले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
कमल थापा नेतृत्वको राप्रपाका चार मन्त्रीले विभागीय जिम्मेवारी पाएका छन् । सपथ खाएको ४ दिनपछि उनीहरुले मन्त्रालय सम्हालेका हुन् । अध्यक्ष कमल थापाले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, जयन्त चन्दले आपूर्ति, दीलनाथ गिरीले सहरी विकास र विक्रम थापाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राप्रपाले जिम्मेवारी पाएसँगै माओवादीका मन्त्री बिनाविभागीय बनेका छन् ।