२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त, गृहमा सापकोटा


६ कार्तिक २०७४, सोमबार  

0
Shares

काठमाडौं, ६ कात्तिक । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

 

मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।

५८ वर्षे उमेर हदका कारण उनले मंसिर ७ गते (भोलि) अनिवार्य अवकाश पाउँदै छन् । रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।

मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृहसचिवमा सरुवा गरेको छ।

त्यस्तै सामान्य प्रशासन मन्त्रालयको सचिवमा हेटौंडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई सरुवा गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : ६ कार्तिक २०७४, सोमबार  ४ : ३० बजे