१८ मंसिर २०७९, आइतबार | Sun Dec 4 2022

सँगीतकार पुर्ण गुरुङलाई अमेरिकाबाट सहयोग


८ कार्तिक २०७४, बुधबार  

0
Shares

एभरेस्ट टाईम्स् प्रतिनिधि / न्युयोर्क

मृगौलामा समस्या देखिएका सँगीतकार पूर्ण गुरुङको उपचारको लागि अमेरिकामा रहेका नेपालीहरुले एक हजार एक अमेरिकी डलर सहयोग गरेका छन् ।

न्युयोर्कबाट पत्रकार मच्छेदेवी गुरुङको सक्रियतामा संकलित सो रकम सँगीतकार गुरुङ उपचाररत शिक्षण अस्पताल महाराजगञ्ज पुगेर पत्रकार डण्ड गुरुङले गत हप्ता उनलाई हस्तान्तरण गरे ।

सो रकम देवीजंग गुरुङ, भक्त गुरुङ, ङिमा पाख्रिन, चित्रबहादुर कोने, डम्बरजंग गुरुङ, राजेन्द्र तामाङ, मनिता गुरुङ, कमला गुरुङ, प्रकाश वस्ती, अनिता थिङ शेर्पा, सरला राई, नविन केसी, राम बोहरा र मच्छे गुरुङबाट संकलन गरिएको सँयोजक मच्छेदेवीले जानकारी दिईन् ।

रकम प्राप्त भएपछि सँगीतकार गुरुङले सहयोगी सबैलाई अाभार ब्यक्त गरेका छन् । अमेरिकामा बसोबास गर्ने सहयोगीहरुले गरेका स्वास्थ्य लाभको कामना सन्देश पत्रकार डन्ड गुरुङले सुनाउँदा सँगीतकार गुरुङले खुशी ब्यक्त गर्दै सबैलाई धन्यबाद भने । पारिवारिक सूत्रका अनुसार गुरुङको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार  ६ : १९ बजे