मोरङ । नेपाली काँग्रेसका नेता एवं मोरंग क्षेत्र नं-६ का प्रतिनिधी सभा उम्मेदवार डा शेखर कोईरालाले लोकतन्त्र समाप्त गरेर मूलूकलाई निरंकूश कम्यूनिष्ट अधिनायकबादतर्फ लैजान लागिपरेको बताउँदै कार्यतकर्तालाई निर्वाचनमा कटिबद्ध भएर लाग्न आग्रह गरेका छन्।
डा कोईरालाले मूलूक, राष्ट्रियता, लोकतन्त्र र सार्वभौमिकता जोगाउन काँग्रेसले जित्न अनिवार्य भएको बताए । कूनै समय राजनितीको राजधानी रहेको बिराटनगरको पूरानो साख फर्काउँने प्रतिबद्धता पनी कोईरालाले जनाए । नेपाली काँग्रेस मोरंग क्षेत्र नं-६ ले बिराटनगरमा आयोजना गरेको अगूवा कार्यकर्ता भेलालाई संबोधन गर्दै डा कोईरालाले पूर्वान्चल बिश्वबिध्यालयमा मेडिकल कलेज खोल्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य डा डिला संग्रौला, काँग्रेस यूवानेता रमेशजंग रायमाझी, मोरंग क्षेत्र नं- ६ का प्रदेशसभा उम्मेदवारहरू- चूमनारायण तब्दार(प्रदेश-क), केदार कार्की(प्रदेश-ख) लगायतले आफ्नो धारणा राखेका थिए ।