२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

सोलुका प्रदेश उम्मेदवारले जितेमा सरकारी सुविधा नलिने घोषणा


१८ कार्तिक २०७४, शनिबार  

0
Shares

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताएका छन् ।

नेपाली काँग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने वाचा गरेका हुन् ।

पत्रकारहरुसँगको भेटमा उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर आफ्नो लागि केही कमाउ भन्ने सोच नभएको दाबी गरे ।

उनले भने, “मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु ।”
कार्कीले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार  ५ : ३२ बजे