२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

प्रकाशमानले मतदातासँग भने, ‘यसपटक देश हाँक्ने आँट लिएर मैदानमा अाएँ’


२४ कार्तिक २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार प्रकाशमान सिंहले यहीका जनताकै कारण अफ्नो हैसियत बढेको बताएका छन् ।

शुक्रबार बिहान चुनावी घरदैलोको क्रममा नयाँ बानेश्वर पुगेका नेता सिंहले भने, यहाँका जनताले मलाइ ५२ प्रतिशत मत दिएर जिताउनुभो। त्यसैले गर्दा म पार्टीमा महामन्त्री बनें। सरकारमा उपप्रधानमन्त्रीसम्म बनें। संसदमा उपनेतासम्म बनें। यो सबै यहाँकै सहयोगले भएको हुँ।

आफु दुईपटकसम्म विजयी भइसकेको अवस्थामा पनि जनताले साथ दिएमा देश हाँक्ने आँटका साथ पुनः निर्वाचनमा उम्मेदवार बनेको सिंहले बताए।

भने ‘म देश नै हाँक्न सक्छु। समृद्घिको अभियानमा मलाइ साथ दिन्छु । भित्री मनदेखि मलाइ देश हाँक्न मन लागेको छ।’

काठमाडौं १ का मतदाता देशकै प्रबुद्ध मतदाता भएको उल्लेख गर्दै सिंहले भने, ‘इलेक्ट्रोनिक भोटिङ हाम्रै क्षेत्रबाट सुरु भएको हो, यहाँका जनता प्रबुद्ध भएकैले इलेक्ट्रोनिक भोटिङ यहाँबाट सुरु भएको हो नि ।’

 

 

 

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार  ३ : ३४ बजे