२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

सोलुखुम्बुमा कांग्रेस कार्यकर्ता र वाम गठबन्धनबीच झडप


२४ कार्तिक २०७४, शुक्रबार  

0
Shares

झडपमा घाइते भएका बाम गठबन्धनका घनश्याम नेपाली ।

सोलुखुम्बु । सोताङमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

शुक्रबार भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र काँग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तथा तामाङलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।

वाम गठबन्धनले पूर्व निर्धारीत कार्यक्रमअन्तर्गत सोताङ बजारमा चुनावी जनसभा आयोजना गरेको थियो । कार्यक्रम तयारीको क्रममा वाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटनास्थलमा पठाएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार  ५ : १० बजे