२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

राजेशपायलाई अमेरिकाले पनि दियाे ‘राई इज किङ’काे सम्मान


२५ कार्तिक २०७४, शनिबार  

0
Shares

हरेक ५ नोभेम्बरमा ‘राई इज किङ–डे’ मनाइने

चर्चित गायक राजेशपायल राईलाई अमेरिकाकाे राेचेस्टर सिटीका मेयरले यस्ताे सम्मान गर्ने घाेषणा गरेका हुन्।

सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहेका राजेशपायललाई रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डेपुटी डाइरेक्टर मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मान गर्दै प्रत्येक वर्ष ५ नोभेम्बरलाई ‘राई इजकिङ डे’ फेस्टिवलको रुपमा मनाउंने घोषणा गरे ।

रोचेस्टर सिटी हलमा राजेशपायललाई प्रमाणपत्रले सम्मान गर्दै डेपुटी मेयर डा. अलेक्जन्डरले भने, ‘अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष नोभेम्बर ५ मा ‘राई इज किङ डे’ को रुपमा मनाइनेछ ।’

कार्यक्रममा राजेशपायललाई ‘इन्टरनेशनल पपस्टार’ उपाधिसमेत प्रदान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै गायक राजेशपायलले अमेरिकामा अहिलेसम्मकै ठूलो सम्मान प्रदान गरेको भन्दै रोचेस्टर सिटीप्रति आभार व्यक्त गरेका छन् । नेपालमा राई इज किङका रुपमा चर्चित उनलाई अमेरिकामा पनि यस्ताे सम्मान पाउनु नेपालका लागि गाैरवसिद्ध भएकाे अमेरिकामा रहेका नेपालीहरुले बताएका छन्।

आयोजक विजय खड्काका अनुसार  नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म पहिलोपटक सुरक्षासमेत उपलब्ध गराएकाे थियाे ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार  ११ : २० बजे