१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यु-१९ एसिया कपमा नेपाल पहिलो पटक सेमिफाइनलमा


२८ कार्तिक २०७४, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । समूह विजेता बनेको बंगलादेशको ६ अंक र उपविजेता बनेको नेपालको ४ अंक रह्यो ।

यो समूहमा रहेका भारत २ अंकसहित तेस्रो स्थान र मलेसिया अंकविहीन अन्तिम स्थानमा रह्यो ।

प्रतियोगिताको अघिल्लो संस्करणको विजेता भारत आज बंगलादेशसँगको हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

नेपाली टोली इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।

समूहको अन्तिम खेलमा नेपालले आज बिहान मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार  ७ : २१ बजे