६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी


२८ कार्तिक २०७४, मंगलबार  

0
Shares

ललितपुर । पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा आगलागी भएको छ ।

आगलागीको कारण पत्ता लाग्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। काठमाडौँ, ललितपुर महानगरपालिकाका दमकल, त्रिभुवन विमानस्थल, निजी पानी ट्यांकरको पानी प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।

आगलागीका कारण आनन्द प्लाष्टिक उद्योग र पञ्चकन्याको युपिभिसी उद्योगमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन । आगो अन्दाजी छ बजेको समयमा लागेको बताइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार  १० : ०९ बजे