२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

सन्देश सोङमेनको ‘समर्पित’ सार्वजनिक, रामकृष्णदेखि सुप्तिहाङसम्मको स्वर


३ मंसिर २०७४, आइतबार  

0
Shares

काठमाडौं । इलामका गीतकार सन्देश सोङमेन राईको डेब्यु एल्बम ‘समर्पित’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, मोडल दिक्पाल कार्की, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई, जितेन्द्र रसिक लगायतले एल्बम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सदस्य सचिव रसिकले पछिल्लो समयमा संगीत क्षेत्रमा युवापुस्ताको आगमन सुखद बनिरहेको बताए । ‘संगीत क्षेत्रमा युवा पुस्ता आउनु हाम्रा लागि खुशीको कुरा भएको र गीत गाउनु र संगीत भर्नु भन्दा त्यो गीतका लागि शब्द कोर्नु झन महत्वपूर्ण कुरा भएको बताए । एल्बमका संगीतकार तथा एल्बम उत्पादक परी सिने संगीतका भुवनले निकै लामो मेहनतपछि सन्देशले एल्बम ल्याएको जानकारी दिए ।

एल्बममा गायकगायिकाको रामकृष्ण ढकाल देखी भुवन सुप्तिहाङ राईसम्मका नाम चलेका गायकका स्वर संग्रहित छन् । गीतकार सन्देशले झापाको बिर्तामोडमा सडक दुर्घटनामा ज्यान गुमाएका आफ्ना दाजु प्रति एल्बम समर्पित गरेको बताए । गीतमा भुवन सुप्तिहाङ राई, आलोकश्री, चित्रलाल शर्मा र किरण माइकलको संगीत छ भने कुमार कान्छा, राजेशपायल राई, रामकृष्ण ढकाल, सत्यकला राई, नरेन्द्र प्यासी, मल्लिका कार्की, जगदीश समाल, भुवन सुप्तिहाङ राई र मिङ्मा शेर्पाको स्वर छन् भने गीतकार सन्देसको एकल शव्दहरु छाडीगएँ आमा तिमीलाई’, ‘आफ्नो ठानेर’, ‘अरु खै के मागुँ’, ‘कस्तो माया लाएनी’, ‘सकेछु भने जिन्दगी’, ‘जुनतारा साक्षी राखी’, ‘हिँडेकै छु भाग्य खोज्दै’, ‘कन्याम राम्रो’, ‘लजालु लजालु’ र ‘मरिसके सबै रहर’ बोलका गीत छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतबार  ७ : ५५ बजे