१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उत्तर अमेरिकी तामाङ सम्मेलनको नेतृत्वमा भरतद्धार उम्मेद्धवरी


Ang

१६ मंसिर २०७४, शनिबार  

0
Shares

उत्तर अमेरिकामा रहेका तामाङहरुको पहिलो सम्मेलन आगामी जनवरी १३ र १४ तारिख हुन लागेको छ । अमेरिकाको विभिन्न राज्य हुदै क्यानाडाबासी तामाङहरुको सहाभागी हुने यो सम्मेलन तयारीसंगै यतिखेर नेतृत्वमा जानेहरुको नाम सार्वजनिक हुन थालेका छन । यस पटकको सम्मेलनमा तामाङ सोसाइटी अफ अमेरिका( टिएसए) का पुर्व अध्यक्ष भरत मोक्तानले नया नेतृत्वको अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन ।

‘ उत्तर अमेरिकाभरिका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई आपसमा सहकार्य गर्दै सिगो तामाङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणको लागी दीर्घकालीन रुपमा कार्य गर्ने सोचका साथ मैले उम्मेद्धवरी दिएको हो’ टिएसएका पुर्व अध्यक्ष मोक्तानले बताए । प्रवासमा रहेको तामाङ समुदायको समग्र हितसंगै शैक्षिक, सामजिक, आर्थिक र राजैनैतिकलगायत विषयमा केही गरु भन्ने सोचकै कारण आफुले उम्मेद्धवरी दिएको भरत मोक्तानले बताए ।

सोसाइटीमा समुदायका अग्रजहरु, दाजुभाई दिदीबहिनी र साथीभाईको साथ र सहयोगलेनै सफल सफल नेतृत्व गर्न सफल भए अनुरुप यसपटक सवैको सुझाव लिएरनै उम्मेद्वारी दिएको मोक्तानको भनाई रहेको छ । ‘ सामाजिक क्षेत्रमा आफुले संगालेको अनुभव, विभिन्न संघसंस्थाहरुसगको जनसम्र्पकको माध्यमबाट अब सोसाइटीलाई पूर्ण समय दिने योजना बनाएको छु’ भरतले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार  ९ : ४९ बजे