२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

कविता-अझै थाकेका छैनन् मुख र कान


१९ मंसिर २०७४, मंगलबार  

0
Shares

विनोद रोका, न्युयोर्क

भन्नेका मुख अझै थाकेका छैनन्
सुन्नेका कान अझै पाकेका छैनन्
भन्नेहरु भनि रहेका छन्
सुन्नेहरु सुनि रहेका छन्,

यहाँ,
भन्नेलाई भनि सक्न हतार छ
सुन्नेलाई सुनेर हिड्न हतार छ
भन्नेहरुको अहंकार अझै रित्तिएको छैन
सुन्नेहरुको अहंकारमा राख्ने ठाऊ छैन ।

त्यसैले,

भन्नेहरु अझै भनि रहेका छन्
सुन्नेहरु व्यर्थै सुनि रहेका छन्

किनकि,

भन्ने मान्छे भनाई जस्ता छैनन्
सुन्ने मान्छे बुझ्ने जस्ता छैनन्

अनि त,

भन्नेका मुख थाकेका छैनन्
सुन्नेका कान पाकेका छैनन् ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार  १० : ०३ बजे