७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका बुढा विजयी


२२ मंसिर २०७४, शुक्रबार  

0
Shares

डोल्पा । बिहीबार राति ९ः३० बजेबाट शुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ ।

वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएर पराजय भए ।

उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २४३ मध्ये कुल खसेको छ हजार ७८६ मतमा छ हजार ७०३ मत सदर भएकोमा ८५ बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  ५ : ३२ बजे