डडेल्धुरा । डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका हुन् । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत पाए ।
देउवा डडेल्धुरामा विसं २०४८ यताका सम्पूर्ण चुनाव जित्दै अाएका छन् । डडेल्धुरामा देउवाले अहिले छैटौँ पटक चुनाव जितेका हुन् ।