६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

नतिजा १५७: एमाले ७७, माओवादी ३४, कांग्रेस २१, राजपा १२, फोरम १०


२६ मंसिर २०७४, मंगलबार  

0
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र)ले ३४, नेपाली काँग्रेसले २१, राजपा नेपालले १२, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।

मतगणनाअनुसार अहिले एमाले चार, माओवादी दुई, राजपाका उम्मेदवारले दुई स्थानमा अग्रता लिइरहेका छन् ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलबार  ८ : ३१ बजे