२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

प्रतिनिधि सभामा एमाले पहिलो दल, माओवादी दोस्रो, कांग्रेस तेस्रोमै सीमित


२७ मंसिर २०७४, बुधबार  

0
Shares

काठमाडौँ  । मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य सम्पन्न भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन्।

यसैगरी, नयाँ शक्ति पार्टी नेपालका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार  ११ : ४७ बजे