पुस २ बाट ‘यू -१४’ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुदै‌ं

२०७४ मंसिर २९, शुक्रबार ०९:४१

काठमाडौं : वृहस्पति विद्या सदनले दोस्रो ‘यू – १४’ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको छ। विद्यालयले बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको हो।

खेल यहि पुस २ गते देखि ५ गतेसम्म विद्यालयकै प्रांगण नक्सालमा हुनेछ। सो प्रतियोगितामा ६ टिम सहभागि हुने छन्। के।एम।सी स्कुल, रोजबड स्कुल,वृस्पति विद्या सदन, वीरेन्द्र सैनिक आवासीय माध्यमिक विद्यालय, डि.ए.भि र सेन्ट जेभियर्स स्कुल प्रतिस्पर्धामा सहभागि छन्। खेल लिगकम नकआउटका आधारमा खेलाइने विद्यालयकी शिक्षिक डोल्मा लामाले जानकारी दिइन्।

यस्ता प्रतियोगिताले क्रिकेट खेलको विकास र लोकप्रियता बढाउन मद्धत पुग्ने विश्वास विद्यालयले लिएको प्रधानाध्यापक सुमन थिङ लामाले बताए।

सम्बन्धित समाचार