२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

ललितपुरका नवनिर्वाचतलाई ताम्रकार समाजको बधाई


२ पुस २०७४, आइतबार  

0
Shares

ललितपुर । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ललितपुर जिल्लाबाट निर्वाचित हुने सदस्यहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा वक्ताहरुले ललितपुर नगर ऐतिहासिक कला, कौशल, संस्कृति, सम्पदाले भरीपूर्ण रहेको हुनाले त्यस्ता धरोहरहरुको संरक्षण, सम्बद्र्धन, प्रर्बद्धनबाट नै जिल्लालाई समृद्धि तर्फ डो-याउन सकिने बताएका छन् ।

ताम्रकार समाजको आयोजनामा भएको उक्त कार्यक्रममा ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पम्फा भुषालले ललितपुरमा रहेको मूर्त, अमूर्त, संस्कृति, सम्पदालाई जगेर्ना गर्दै ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने योजना रहेको बताए । उनले अब बन्ने सरकार स्थिर हुने भएकोले मुलुक आर्थिक समृद्धि र सम्पन्नताको दिशामा अगाडी बढने बताए ।

ताम्रकार समाज भवन, जावलाखेलमा आयोजित उक्त कार्यक्रममा ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णलाल महर्जनले ललितपुरलाई सम्पन्न बनाउनको लागी कुनै कसर बाकी नराख्ने बताए । उनले सम्पूर्ण जिल्लावासीहरुको सल्लाह, साथ, सहयोगबाट जिल्लाको विकास निर्माण कार्य अगाडी बढाइने बताए ।

उक्त अवसरमा ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले राजनितिक स्थिरता र समृद्धि तर्फ मुलुकलाई अगाडी बढाउन जातिय, भाषिक समानता जस्ता सामाजिक न्यायको मुद्दामा सम्बोधन हुनुपर्ने बताए । उनले प्रदेश नं ३ ले विशेष महत्व बोकेको बताउंदै प्रदेशको नामांकन गर्दा स्थानिय भौगोलिक, सामाजिक बनौट, ऐतिहासिकतालाई ख्याल राख्नुपर्ने बताए ।

अध्यक्ष ताम्रकारले प्रदेश नं ३ मा नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र तामाङ्ग भाषालाई पनि सरकारी कामकाजका भाषा बनाउन माग गरे । त्यस्तै नेपालकै मौलिक सम्बत, राष्ट्रिय सम्बत, नेपाल सम्बतलाई पनि सरकारी तवरबाट व्यवहारीक प्रयोगमा ल्याउन माग गरे । उनले जिल्लाका स्थानिय श्रोत साधनको पहिचान गरी उचित परिचालन गर्नमा पनि जोड दिए ।

उक्त कार्यक्रममा ललितपुर क्षेत्र नं २(क) का प्रदेशसभा सदस्य माधव पौडेल, क्षेत्र नं २(ख) का प्रदेशसभा सदस्य ज्ञानेन्द्र शाक्य, समाजका उपाध्यक्ष विनोद ताम्रकार, महासचिव शम्भु गोविन्द ताम्रकार लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा ललितपुर क्षेत्र नं ३(क) का प्रदेशसभा सदस्य राजकाजी महर्जन, क्षेत्र नं ३(ख) का जीवन खड्का लगायत जिल्लाका विभिन्न समाजका अध्यक्षहरुको पनि उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २ पुस २०७४, आइतबार  ८ : ०७ बजे