२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

पार्टी एकीकरणपछि एमाले र माओवादी दुबै इतिहासमा सीमित रहन्छ-ओली


५ पुस २०७४, बुधबार  

0
Shares

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी चाँडै एक हुने वचन दोहोर्याएका छन्।

काठमाडौंका निर्वाचित वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई सम्मान गरेपछि अध्यक्ष ओलीले निकट भविष्यमै पार्टी एक हुने र दुबै पार्टी इतिहासमा सीमित हुने धारणा राखे।

पार्टी एकताबारे विभिन्न प्रश्न उठेको उल्लेख गर्दै ओलीले भने, ‘पार्टी छिटै मिल्छ, एकीकरणपछि माओवादीलाई एमालेले निल्छ, एमालेलाई माओवादीलले निल्छ। पार्टी एकतापछि अब एमाले माओवादी इतिहासमा मात्र सीमित रहने छ।’

अोलीले देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको दाबी समेत गरे।

‘संसद सकिएपछि सरकारले निर्वाचन आयोगसँगको मिलेमतोमा अध्यादेश ल्याएको रहेछ। ओलीले भने, ‘यस्तो असंवैधानिक अध्यादेश राष्ट्रपतिले जारी गर्न मिल्दैन। कसैलाई थाहा नभएको अध्यादेश कसरी जारी हुन्छ?’

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार  ६ : ५८ बजे