गुरुङ तमु समुदायको ल्होछार न्यूयोर्कमा मनाइदै

२०७४ पुष ९, आईतवार २३:५८

गुरुङ तमु जातीको महान चाड ल्होछारको अवसर पारेर गुरुङ, तमु सोसाइटीले बाषिर्क रुपमा मनाउदै आएको ल्होछार साझ यस बर्ष डिसेम्बर ३० तारिख ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा मनाउन लागेको सोसाइटीले जनाएको छ । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाा हुने भएकोले ल्होछारलाई गुरुङहरुले नयाा बर्षको रुपमा मनाउने चलन छ । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष चरा वग अर्थात च्हा ल्हो वर्गको विदाइ र कुकुर बर्ग अर्थात खिल्हो वर्गको स्वागत गर्दै ल्होछार मनाउदै छन् ।

गुरुङ जातिले विभिन्न १२ ओटा जीवजन्तुहरुको चक्रलाई आधार मानेर प्रत्येक बर्ष नया बर्षको रुपमा मनाउदै आएको ल्होछारले गुरुङहरुको संस्कृतिलाई जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तराष्ट्रिर्य स्तरमा चिनाउन पनि बिदेशी भूमीमा बर्षेनी ल्होछार मनाउदै आएको अध्यक्ष पदम गुरुङको भनाइ रहेको छ ।

ल्होछार पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दावी रहेको छ । गुरुङ जातिले हरेक बर्ष पुस १५ मा विविध सास्कृतिक कार्यक्रमसाथ ल्होछार पर्व मनाउदै आएको छ । तमु ल्होछार २०७४ को आव्हान, जातिय पहिचान सहितको प्रादेशिक नामांकन हाम्रो अभियान भन्ने नाराका साथ तमु ल्होछार देश तथा विदेशमा बसोबास गर्ने गुरुङहरुले मनाउदै छन् ।

नेपालमा हरेक बर्ष पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउदै आएको छ । ल्होछारलाई भव्य, सभ्य र सफल बनाउन र हर्सोल्लासका साथ मनाउनका लागि सम्पूर्ण गुरुङहरुलाई उपस्थित भई सहयोग गरिदिन गुरुङ समाजले अनुरोध गरेको छ । ल्होछारमा, वृद्दवृद्दाहरु र बालबालिकाको लागि निशुल्क प्रवेशको व्यवस्था गरेको छ । कार्यक्रम सााझ ७ बजेदेखि बिहान २ बजेसम्म विविध साास्कृतिक कार्यक्रम तथा डिजे हुने आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचार