४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

न्युयोर्कमा मुस्ताङी ल्होसार (छोङगु ) हुने ।


Ang

१४ पुस २०७४, शुक्रबार  

0
Shares

मुस्ताङ किदुग अमेरिकाले महान पर्व ल्होसारको अवसरमा यही फेबररीको १७ तारिख न्युयोर्कको म्यानहृटनमा ल्होसार पार्टी -छोङगु ) साझ भव्य रुपमा आयोजना गर्ने भएको छ । गत वर्ष झै यस पटक पनि मुस्ताङ किदुगले म्यानहृटनको सेकेण्ड एभिन्युको चर्चमा ल्होसार कार्यक्रम गर्ने भएको छ । उक्त दिन दिउसो परम्परागत विभिन्न खेल तथा मनोरञ्जन कार्यक्रमको साथै सांझमा मुस्ताङी मौलिक सस्कृति झल्कने विविध सास्कृतिक कार्यक्रमको साथ ल्होसार कार्यक्रम गर्ने लागेको मुस्ताङ किदुगको अध्यक्ष राजकुमार विष्टले जानकारी दिएको छ ।

न्युयोर्क स्थिति नेपाल महाबाणिज्य दूतावास कार्यालयको प्रमुख तथा बिभिन्न संघ सस्थाका प्रमुखहरुको सहाभागीता हुने भएको छ । कार्यक्रममा न्युयोर्कमा बलियो प्रभुत्व जमाउन सफल उपल्लो मुस्ताङका बालबालिकाहरुबाट मुस्ताङगे संस्कृति र परम्परा झल्काईने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नुको साथै मुस्ताङगे स्थानीय गायक तथा गायिकाहरु ,आमा समुह तथा मुस्ताङगे शुभचिन्तक कलाकारहरुको विभिन्न प्रस्तुती हुने अध्यक्ष विष्टले बताए । न्युयोर्कको व्यस्तता वीच आयोजना हुने मुस्ताङ ल्होसारमा उपस्थित ल्होसार प्रेमीहरु आफनो सबै दुखहरुलाई बिर्सिएर बर्ष दिनको ल्होसार चाडमा एक अर्कामा टसिदेलेक शुभकामना साटसाट गरिने छ । परम्परागत ल्होसारका परिकारहरु पस्किने ल्होसार साझमा यस पटक करिब आठ सय देखी नौ सयको हारहारीमा मुस्ताङगेहरु भेला हुन लागेको उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार  २ : २९ बजे