६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

देउवालाई भेटी प्रचण्डले भने-राष्ट्रिय सभाको निर्वाचन चाँडै गरौं


१८ पुस २०७४, मंगलबार  

0
Shares

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटी निर्वाचन सम्पन्न गर्न सुझाव दिएका छन्।

मंगलबार साँझ भएको भएको भेटमा प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए।

प्रकाशित मिति : १८ पुस २०७४, मंगलबार  ५ : ३३ बजे