३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

उत्तर अमेरिका तामाङ सोसाइटीको अध्यक्षमा लक्यान लामाको उम्मेदवारी


२६ पुस २०७४, बुधबार  

0
Shares

न्युयोर्क । उत्तर अमेरिकामा रहेका तामाङहरुको पहिलो सम्मेलन आगामी १३ र १४ तारिखमा न्युयोर्कमा हुदैछ । सम्मेलनबाट उत्तर अमेरिका तामाङ सोसाइटीको नेतृत्व समेत चयन गरिनेछ । यही नेतृत्वका लागि सम्मेलन तदर्थ समितिका सदस्य सचिव समेत रहेका लक्यान लामाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले ज्याक्सन हाइटको थकाली किचेनमा एक कार्यक्रम आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नाकोत्तर तहसम्मको अध्ययन गरेका लक्यानले नेपाल सरकारको समाज कल्याण परिषदमा सहायक निर्देशकको रुपमा कार्य गर्नुको साथै जनआन्दोलन पाश्चत बनेको लोकतान्त्रिक सरकारको महिला बालबालिका तथा समाज कल्याण मन्त्रिको स्वकीय सचिवको भुमिका निभाएका थिए । सन २००७ देखि अमेरिकामा बसोबास गदै आइरहेको उनी तामाङ सोसाइटी अफ अमेरिकाका पुर्व महासचिव हुन । अध्यक्षमा उम्मेदवारी दिँदै उनले ७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

लामाले तामाङ कल्चर एन्ड बुद्धिस्ट सेन्टर ट्रस्टी कार्यन्वयन गर्ने, भर्चुअल तामाङ अनलाइन स्कूल तुरुन्त सञ्चालन गर्ने, युवा तथा विद्यार्थी, आपत विपत निराकरण समिति बनाउने, मञ्च गठन गर्ने, डम्फु साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्ने लगायत प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै, उनले चारवटा मास्टर प्लानसमेत सार्वजनिक गरेका छन् । ग्लोबल तामाङ कन्फरेन्स गर्ने, अन्तराष्ट्रिय तामाङ एजुकेसन फण्ड स्थापना गर्ने, नेपालमा तामाङ प्रशासकीय भवन बनाउने र संयुक्त लगानीका लागि पहल गर्ने उनका मास्टर प्लान रहेका बताएका छन ।

नेतृत्वका लागि यस अघि तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत मोक्तानले पनि उम्मेदवारी दिइसकेका छन ।  कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाईबा र तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्तबाबु थोकरले अध्यक्षका २ जना प्रत्यासीलाई सहमतिमा जान सुझाव दिएका छन् ।

समाजशास्त्रमा स्नात्तकोत्तर तामाङ नेपालमा समाज कल्याण परिषदमा सहायक निर्देशक थिए ।

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार  १० : ४४ बजे