१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ सार्वजनिक


२९ पुस २०७४, शनिबार  

0
Shares

काठमाडौं । साहित्यकार नयनराज पाण्डेको संस्मरण ‘यार’ सार्वजनिक भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा कृतिका पात्रहरुले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

श्यामल, पुरुषोत्तम सुवेदी, राजव, शार्दुल भट्टराई, जय हमाल र लेखक पाण्डेले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे। कृति विमोचन कार्यक्रममा लेखक पाण्डेले यार शब्दसँग पहिलेदेखिकै प्यार रहेकोले यो कृति तयार भएको उल्लेख गरे।

कृतिमा बाल्यकालदेखिका साथीको सम्बन्धका उतारचढाव समेटिएको उनले बताए। संस्मरण आधिकारिक र विश्वसनीय विधा भएकोले यसमा आफूले हात हालेको उनको भनाई थियो।

यसअघि उनका ‘उलार’, ‘लू’, ‘घामकिरी’, ‘सल्लीपीर’ जस्ता कृति प्रकाशित छन्। ‘यार’लाई फाइनप्रिन्टले बजारमा ल्याएको हो।

प्रकाशित मिति : २९ पुस २०७४, शनिबार  ६ : ५४ बजे