११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

भृकुटीमण्डपमा सोनाम ल्होछार मनाइँदै


४ माघ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । नेपाल तामाङ राष्ट्रिय घेदुङले काठमाडौंको भृकुटीमण्डपमा ल्होछार कार्यक्रम मनाएको छ।

सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। नेपाल तामाङ घेदुङले फागुन ४ मा ल्होछार मनाउने घोषणासँग विवाद सुरु भएपनि भृकुटीमण्डपमा ल्होछारप्रेमीको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ, काभ्रे कांग्रेसका नेता तीर्थ लामालगायतले सम्बोधन गरेका थिए भने विभिन्न तामाङ नाच र गीत प्रस्तुत गरिएको थियो।

 

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार  ६ : ०३ बजे