दोलखा: जिल्लाको जिरीमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७४’ आयोजना हुने भएको छ ।
लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौँ १ नाराका साथ महोत्सव १९ र २० गते दुई दिनसम्म हुनेछ ।
स्थानीय संस्था युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरु गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । उत्सव सञ्चालनका लागि स्थानिय युवा एवं संजालका अध्यक्ष केन्द्रज्योती खड्काको संयोजकत्वमा १८ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ ।
उत्सवका सह आयोजकको रुपमा जिरी नगरपालिका, जिरी प्राविधिक शिक्षालय र गौरिशंकर संरक्षण क्षेत्र परियोजनासमेत रहेका छन् ।
किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए ।