काठमाडौं: अाइतबार सातै प्रदेशका प्रमुखहरु कार्यालय पुगी शपथ लिएका छन् । शपथपछि उनीहरुले प्रदेश सभाका सदस्यहरुलाई शपथ दिलाएका छन् ।
प्रदेश नम्बर १, ३, ५, ६ र ७ मा सामान्य रुपमा शपथ भएपनि २ र ४ मा भने केही फरक प्रकारको घटना भए । प्रदेश २ मा भाषा विवादका कारण ४ भाषामा शपथ लिए ।
प्रदेश ४ मा भने मनाङका प्रदेश सदस्य दीपक मनाङे शपथ कार्यक्रममा आएनन् । त्यसैगरी तनहुँका प्रदेश सभा सदस्य रामबहादुर गुरुङ पनि काठमाडौंबाट जहाज उड्न डिले भएसँगै शपथ कार्यक्रममा सहभागी हुन पाएनन् ।