काठमाडौं । अनामनगरस्थित मण्डला थिएटरमा ‘आरनमा कविता’ अभियानको सातौं शृङ्खलामा बलराम तिमल्सिना र प्रकाश आङ्देम्बेले आफ्ना कविता वाचन गरेका छन् ।

उन्मुक्त पुस्ताले आयोजना गरेको कार्यक्रममा दुई कविले गरी २० कविता वाचन गरे ।
काठमाडौं जन्मिदै खाल्डोमा जन्मियो
काठमाडौं जन्मिदै खाल्डोमा जन्मियो
कुवाभित्र भ्यागुता भएर जन्मियो
पेरुङगे भएर जन्मियो, कालो भएर जन्मियो
जन्डिस भएर जन्मियो, अभाव भएर जन्मियो
यसरी काठमाडौं भएर जन्मियो
यसरी नै प्रकाशले दृष्टिकोणभन्दा बाहिर, काठमाडौं, भ्यालेन्टाइन डे, जन्तरे, कवि र कलाकारजस्ता शीर्षकमा १० कविता पस्कदाँ हलमा ताली गुन्जेको थियो ।
पहिलोपटक घाँस खाएको रात
रात भरी निदाउन सकेन बाघ
के के सोच्यो होला
पहिलोपटक घाँस खाएको रात
रात भरी निदाउन सकेन बाघ
के के सोच्यो होला
जब उसले घाँस चपायो र निल्यो
पाचन प्रणालीले सिधै अस्विकार ग¥यो
यसैगरी कवि बलरामले बाघले घाँस खायो, विजय कमरेड, शहीदको बहिनी, रातो मुला, थुक्ने ढुँगा र ढोग्ने ढुँगाजस्ता १० कविता पस्कदाँ वाहवाही पाएका थिए ।










