गोरखा । पत्रकार तथा लेखक दामोदर न्यौपानेको चौथो पुस्तक स्वर्णिम समयको गोरखामा परिचर्चा गरियो । परिचर्चामा सहभागीले पाठकले पुस्तकले बालबालिकालाई उमेर अनुसार कसरी कसरी व्यवहार गर्ने र कसरी हुर्काउने भनेर सिकाउने प्रतिक्रिया दिए । गोरखा नगरस्तरीय बालक्लब संजालले आयोजना गरेको कार्यक्रममा शिक्षिका वृहस्पती गिरीले पुस्तकले शिक्षक र अभिभावकको पुस्तकले ध्यानाकषर्ण गरेको बताइन् ।
‘सबै व्यक्ति सुखि परिवारमा जन्मेका हुदैनन्, उनले भनिन्, ‘दुखि परिवारमा जन्मिएका पनि संघर्ष गरेर सफल हुन सकिन्छ भन्ने उदाहरण यो पुस्तकले दिएको छ । स्वर्णिम समय शिक्षक, कर्मचारी सबैले पढ्नु पर्छ ।’
बालअधिकार अभियन्ता पवित्रा भट्टराइले न्यौपानेको पुस्तकले पढ्ने बानीको विकास गर्ने प्रतिक्रिया दिइन् । ‘न्यौपानेका पुस्तक प्रेरणादायी छन्,’ उनले भनिन्, ‘लेखक न्यौपानेस“ग पहिल्यै संगत गर्न पाएको भए मेरो जीवन निकै प्रेरणा पाउने रहेछु । धेरै अघि बढ्ने रहेछु भन्ने लागेको छ । मैंले पनि निकै संघर्ष गरेको छु । दुख गरेर पढेको हुँ । अरुकोमा श्रम गरेर पढेको हुँ । कोही बेला दिक्क लाग्थ्यो । यस्तो बेला कर्म, स्वर्णिम समय, एम्बुसमा ६ वर्ष जस्ता न्यौपानेका पुस्तक पढेर हौसला पाएको छु ।’
इन्जिनियर तथा बालअभियन्ता गणेश गिरीले लेखकले जीवित मान्छेका अनुभव लेखेर सफल र असल मान्छेको जीउदैमा सम्मान गरेको प्रतिक्रिया दिए । ‘मान्छे मरेपछि मात्रै सम्मान गर्ने परम्परा छ हाम्रोमा,’ उनले भने, ‘तर लेखकले क्रियाशिल मान्छेका कथा लेखेर प्रेरणा दिनु भएको छ । उहा“हरुले पहिला दुख गर्नु भयो । दुख गरेरै बाल्यकाल बिताउनु भयो । अहिले उहाँहरुको जीवनमा स्वर्णीम समय आएको छ । संघर्ष गरेर सफल भइन्छ भन्ने उहाहरण हो यो पुस्तक । यो पुस्तक अभिभावक र विद्यार्थीको हात हातमा पुग्नु पर्छ ।’
पुस्तकमाथि बहिरा बालबालिकाले पनि चर्चा गरेका थिए । मनकामना बहिरा विद्यालयमा कक्षा ८ मा पढ्ने प्रताप थापामगरले पुस्तकले सबै क्षेत्रका मानिसलाई समेटेको र गहिराइमा पुगेर लेखिएको प्रतिक्रिया दिए । ‘किताबमा अपांगलाई महत्व दिइएको रहेछ,’ उनले भने, ‘पहिला समाजमा अपांगलाई महत्व दिइदैनथ्यो । किताबमा त झन् समेटिएको मैंले पाएको थिइन । दामोदर दाइले हाम्रो स्कुलमा पनि आएर हाम्रा समस्या उठाउनु भएको रहेछ । हामीलाई अझै पनि संचारको समस्या छ । हाम्रो मात्रै विषयमा पनि लेखिदिनु होला ।’ उनको भनाइको दोभाषे शिक्षिका वृहस्पती गिरीले सांकेतिक भाषामा उल्था गरिदिएकी थिइन् ।’
लेखक न्यौपानेले तुलनात्मक रुपमा असल र सफल व्यक्तिको बाल्यकाल र बालापन पुस्तकमा समेटिएको पुस्तक बालबालिकाको लागि प्रेरणादायि बन्न सकोस भनेर पुस्तक ल्याएको बताए । ‘हामी बालबालिकालाई मनोविज्ञान बुझेर व्यवहार गर्न जान्दैनौं,’ उनले भने, ‘त्यही भएर हामीले चाहे जस्तो परिणाम आउन सकेको छैन । बालबालिकामा उमेर अनुसार मानसिक अवस्थामा परिवर्तन आउछ । यो परिवर्तन बुझ्न सकिएन भने व्यवहार गर्न पनि जानिदैन । योे पुस्तकले कुन उमेरमा कस्तो मनोवैज्ञानिक परिवर्तन आउछ भनेर पनि बुझ्न सहयोग गर्छ ।’ कार्यक्रममा पत्रकार न्यौपानेलाई सम्मान पनि गरिएको थियो । न्यौपानेका ४ पुस्तक प्रकाशित भएका छन् ।
ति मध्ये एम्बुसमा ६ वर्ष शसस्त्र युद्धमा आधारित, कर्म ः सिकाइमा गहिरिएका खाडल शिक्षा, सिकाइ, बालबालिका, बालमनोविज्ञानमा आधारित भने ट्यालेन्ट शो शिक्षकले गर्न व्यवहारका कारण बालबालिकाले झेल्नु पर्ने मनावैज्ञानिक समस्यामा आधारित छन् । चर्चा कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठ, वडा सदस्य रन्जिला श्रेष्ठ, नगर कार्यपालिका सदस्य हरि गान्धारी, शिक्षक जनार्जन पोखरेल लगायतले पुस्तक माथि चर्चा गरेका थिए ।