३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

कांग्रेसले प्रदेश संसदीय दलको नेता छान्न खटायो सात केन्द्रीय प्रतिनिधि


१८ माघ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि सातै प्रदेशमा केन्द्रीय नेता खटाएको छ।

प्रदेश १ मा डा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश ४ मा गोविन्द भट्टराई, प्रदेश ५ मा बालकृष्ण खाँण, प्रदेश ६ मा ह्दयराम थानी र प्रदेश ७ मा एनपी साउदलाई खटाएको हो।

प्रदेश सभा बैठक सुरु भइसकेको अवस्थामा दलले संसदीय दलको नेता छान्नु पर्ने प्रावधान रहेकोले नेता छान्न केन्द्रीय नेताहरु परिचालन गरिएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार  ८ : ३३ बजे