१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

साहित्यकार खत्रीको पछिल्लो कृति ‘अन्त्यहीन यात्रा’ बजारमा


Ang

१९ माघ २०७४, शुक्रबार  

0
Shares

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पुर्व अध्यक्ष तथा साहित्यकार गीता खत्रीको ‘अन्त्यहीन यात्रा’ नामक कथा संग्रह बजारमा आएको छ । यो समेत गरि उनको यो छैटो कृति हो । साझा प्रकाशनद्धारा प्रकाशित पछिल्लो यो कृति उनले १५ बर्षदेखिन लेख्दै आएकी थिएन । ८८ पेजको कथा संग्रहमा यस्तो पनि विवाह, संयोग, बाबुको मुख हेर्ने दिन, विजय लगायतका १७ वटा रोचक कथाहरुको संगालो रहेका छन ।

उनले यस अघि श्रृजनाको यात्रामा कविता संग्रह, सपनाको धराहरा कविता संग्रह, सम्झनाको तरेली गीती संग्रह, आमा हुन आमा खण्डकाव्य र जोखाङदेखि मजकलामसम्मको नियात्रा प्रकाशन गरिसकेकी छिन । यसको साथै उनले विभिन्न ४ गीती संग्रहको एल्बम सुकृति, अमुल्य, त्रिबेनी र दिप नामक एल्बमको सिडि समेत बजारमा ल्याइसकेकी छन । लामो समयपछि आफनो छैटो कृति प्रकाशन भएपछि साहित्यकार खत्रीले खुसी व्यक्त गदै भनिन ‘ मैले कथाको शुरुवाती गरेको झण्डै झण्डै डेढदशक जति भयो तर कथाहरु कहिले अनलाइनमा कहिले हार्ड पि्रन्ट मिडियामा प्रकाशित गरिरहन्थे । कुनै कथा छापिएकै दिन निकै इमेलहरु पनि आउथे । ती इमेलहरु पढेर म आनन्दित हुन्थे’ ।

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार  ११ : १७ बजे