६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

यी हुन् संघीय समाजवादी फोरमको समानुपातिकमा परेका सांसद


२९ माघ २०७४, सोमबार  

0
Shares

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको टुंगो लगाएको छ।

समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ।

त्यस्तै, महिलातर्फ बन्द सूची अनुसार नै नाम पठाउने निर्णय भएको छ जसअनुसार मुस्लिम महिलातर्फ रोहिनाज, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्मा परेकी छन्।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार  ७ : १५ बजे