२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

न्युयोर्कमा व्यवस्थित हुदै शेर्पा किदुग ।


Ang

२ फाल्गुन २०७४, बुधबार  

0
Shares


शेर्पा किदुगले विगतको कार्यसमितिले गदै आइरहेको कार्यहरुलाई निरन्तरता दिदै थप कार्यहरु गदै अघि बडेको जानकारी किदुगका महासचिव आङ तेन्डी शेर्पाले दिएका छन । किदुगको साधारण सभामा महासचिव शेर्पाले अहिलेको कार्यसमितिले एक वर्षभित्रमा गरेका विभिन्न गतिविधिहरुको बारेमा सबैलाई जानकारी गराएका थिए । उनका अनुसार नया कार्यसमिति आएको वितिकै किदुग कार्यसमिति र महिला सकर टोलिको संयुक्त लगानीमा गुम्बा वारिपरि बगैचा सरसफाई र फुल रोप्ने कार्यको साथै नेपाल डे परेडमा मुख्य भुमिका निभाएका थिए । त्यस्तै गरि किदुगले न्युयोर्कसिटिको मेयर कार्यालयबाट प्रदान गदै आएको आइडी एनवाइसि परिचयपत्र समुदायलाई वितरण गर्नुको साथै युएस नेपाल क्लाइबर्स एसोसियसनसग मिलेर एभरेष्ट डे कार्यक्रम आयोजना गरेका थिए । किदुगले समुदायमा मानसिक र शारिरिक दुबै फाइदाको लागी लामा तेन्जिङबाट रेकीको तालीम , हिउदे खेलको रुपमा बास्केटबल प्रतियोगिता शुरु गर्नुको साथै नेपाली समुदायमा नेपाली भाषा र संगित कक्षाको समेत शुरु गरेकेा महासचिव शेर्पाले जानकारी दिएका थिए । बास्केटबल यस अघि समर स्पोटसको रुपमा बर्षनी आयोजना हुदै आएको थिए ।

यी कार्यहरु बाहेक बाषिर्क रुपमा अघिल्लो कार्यसमितिले गदै आएको बाषिर्क खेलकुद प्रतियोगिता समर स्पोटर्स, गुम्बामा हुदै आएको छेच्यु , लावाथुचेन, डुक्पा छेची, डोल्छा, नियमित पुजाहरु,सदस्यता वितरण,बुद्ध जयान्ती र छात्रावृति कार्यक्रमहरु निरन्तर भइरहेको उनले बताए । साधारण सभा लामा टृल्कु उर्गेन शेर्पा खम्बाचेको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा उपस्थित सवै अतिथिहरुलाई किदुगका बरिष्ठ उपाध्याक्ष डोल्मा शेर्पाले स्वागत मन्तव्य दिएका थिए । उक्त अवसरमा धर्मगुरु लामा टुल्कुले हामीले आफनो भाषा, धर्म र सस्कारलाई संरक्षण गर्नका लागी बालबालिकाहरु सिकाउन जरुर भएको बताएका थिए । लामा टुल्कुले शेर्पा समाजमा गरिदै आएको विवाह र मृत्यु सस्कारलाई परम्परागत र व्यवस्थित रुपमा सुधादै जानु पर्ने राय सुझाव समेत दिएका थिए । त्यस्तै किदुगका सल्लाहकार तथा लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पाले बुद्ध भगवानको प्रारम्भिक शिक्षा अनुसार मादक प्रर्दथ सेवन नगर्नु भन्ने उपदेश अनुसार हाम्रो समाजले सार्वजनिक जीवनमा मादक प्रदर्थ सेवनलाई प्रोत्साहीत गर्नु नहुने बताए ।

कार्यक्रममा किदुगका पुर्व अध्यक्षद्धाय छोङबा शेर्पा खम्बाचे, सोनाम शेर्पा, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, शेर्पा संघ अमेरिका तदर्थ समितिका संयोजक तथा जम्बुलिङ शेर्पा चिछोगका उपाध्याक्ष निमा शेर्पा, एनआरएन आइसिसिका सदस्य कुंगा शेर्पा, शेर्पा कल्चर सेन्टरका संयोजक कल्साङ छोपेल लगायतले किदुगले गरेको कार्यहरुको सराहना गरेका थिए । कार्यक्रममा किदुगले नेपाली समुदायमा स्वस्थ्य क्षेत्रमा योगदा पुर्‍याउदै आएका नर्सिङ  एसोसियसनका अध्यक्ष ङिमा शेर्पालाई सम्मान गरेका थिए । उनलाई लामा टुल्कुले खादाका साथ सम्मान गरेका थिए । त्यस्तै किदुगले जम्बुलिङ शेर्पाको बरिष्ठ उपाध्याक्ष दावा जाङबु शेर्पा र शेर्पा संघ अमेरिकाका संयोजक निमा शेर्पालाई पनि खादाले सम्मान गरेका थिए । करिब दुइ सय जनाको उपस्थित रहेको साधारण सभामा महासचिवको प्रगति विवरण र कोषाध्याक्षको आर्थिक प्रतिवेदन कोषाध्याक्ष फुर्वा शेर्पा र सहकोषाध्याक्ष फुरनिमा शेर्पाले पेश गरेका थिए । उनीहरुले पेश गरेको हिसाबको बारेमा धेरै छलफल भएपनि विधान अनुरुप कोरम नपुगेकेा भनी अध्यक्ष उर्गेन शेर्पाले साधारण सभा मार्चको १८ तारिखलाई सरेको घोषणा गरेका थिए ।

ल्होसार पाटीमा मदिरा निशुल्क गर्ने की नगर्ने मत सभेक्षण 

यस पटक किदुगले साधारण सभामा हरेकलाई हात हातमा मदिरा र खानाको बारेमा एक पेजको मत सभेक्षण फाराम वितरण गरेका थिए । फाराममा ल्होसार पाटीमा मदिरालाई निशुल्क गर्ने, नगर्ने वा निषेध गर्ने भन्ने प्रश्न राखेका थिए भने अर्को शेर्पा किदुगद्धारा आयोजित कार्यक्रमको भोजन शुद्ध शाकाहारी हुन पर्छ वा हुन पर्देन भनी मत सर्भेक्षण गरेका थिए । उक्त मत सर्भेक्षणमा मदिरा निशुल्क गर्नुपर्छ भन्नेहरुको संख्या ३३ थिए भने निशुल्क गर्नु हुदैन भन्नेहरुको संख्या ६४ जना थिए भने निषेध गर्नुपर्छ भन्नेको संख्या १७ जना थिए । त्यस्तै किदुगद्धारा आयोजना हुने कार्यक्रममा भोजनमा ६६ जनाले सुद्ध शाकाहरि हुनु पर्छ भन्नेमा मत दिएका थिए भने सुद्ध साकाहरी हुनु पदैन भन्नेमा ४५ जनाले मत दिएका थिए । यो अनुसार ल्होसार पाटीमा मदिरालाई व्यवस्थित गरौ गरेपनि निशुल्क नगरौ भन्नेको संख्या बढि भएको छ भने किदुगले गर्ने कार्यक्रममा खानामा साकाहरि हुनुपर्छ भन्नेको संख्या बढी भएको देखाएको छ ।

शेर्पा किदुगले स्थापना कालदेखिनै ल्हाप्सु र ल्होसार पाटी आयोजना गदै आएको छ । तर ल्होसार पाटीमा शूरुमा मदिरा किनेर खाने चलन थियो । तर विगत केही वर्षयता मदिरा निशुल्क हुन थालेपछि किदुगले मदिरालाई प्रथामिकता दियो भनेर जनगुनासोहरु आउन थालेकोले यस पटकको साधारण सभामा उपस्थित सवैलाई ल्होसार पाटीमा मदिरा निशुल्क गर्ने की नगर्ने भनेर मत सर्भेक्षण गरेको थियो । करिब दुई सय जना उपस्थित साधारण सभामा भएको सर्भेक्षण अनुसार शेर्पा किदुगको ल्होसार पाटीमा मदिरा निशुल्क गरिनु हुदैन भन्ने पक्षमा अत्याधिक मत परेको थियो । त्यस्तै खानामा पनि शाकाहरि हुनुपर्छ भन्नेको जनमत देखिन थालेको छ । जनमतको भावना अनुरुप किदुगले यो सास्कृतिक जागरण शुरु गरेको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार  ९ : ५० बजे