४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार सन्तोष पन्तलाई प्रदान


३ फाल्गुन २०७४, बिहिबार  

0
Shares

काठमाडौं । यसपटक साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार हास्य कलाकार हास्यकलाकार सन्तोष पन्तलाई प्रदान गरिएको छ ।

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले कुमारीगलस्थित ज्योति पार्टी प्यालेसमा आयोजना गरेको गुथुक साँझमा प्रतिनिधिका सांसद प्रमुख अतिथि जिपछिरिङ शेर्पाले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

हास्यकलाकार स्व साम्दे शेर्पाको सम्मानमा पुरस्कार पाँच वर्षअघि स्थापना भएको हो ।

पुरस्कार ३१ हजार राशिसहितको प्रमाणपत्र तथा ट्रफी रहेको छ । यसअघि यस पुरस्कारबाट मह जोडी, मनोज गजुरेल,  पासाङ टि शेर्पा र बसुन्धरा भुसाललाई सम्मानित भइसकेका छन् ।

यस्तै साम्दे शेर्पा राष्ट्रिय नव प्रतिभा पुरस्कारबाट हास्य कलारकार जितु नेपाललाई सम्मान गरिएको छ। कार्यक्रमस्थलमा भने नेपाल उपस्थित भएनन् । नगद १० हजार १११ राशिसहितको यो पुरस्कार गत वर्ष दीपकराज गिरीलाई प्रदान गरिएको थियो।

त्यसैगरी शेर्पा प्रतिभा पुरस्कार गायक मिङ्मा शेर्पालाई प्रदान गरियो । नगद १० हजार १११ सहितको पुरस्कार लिन शेर्पा पनि उपस्थित भएनन् । यसअघि गायक ल्हाक्पा शेर्पा यस पुरस्कारबाट सम्मानित भएका थिए। पुरस्कारको प्रायोजन भोटेकोशी हाइड्रोले गरेको थियो । पुरस्कृतलाई छनोट यादव खरेलको संयोजकत्वमा भएको केन्द्रकी संयोजक आङडोमा शेर्पाले जानकारी दिइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार  ८ : ११ बजे