काठमाडौं । सांसद जिपछिरिङ शेर्पा लामाले साम्दे शेर्पा स्मृति कोषलाई नगद पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
आज ज्योति पार्टी प्यालेसमा आयोजित लोसार गुथुक साँझमा हास्य कलाकार सन्तोष पन्तलगायतलाई साम्दे शेर्पा स्मृति पुरस्कार प्रदान गर्दै सांसद लामाले सहयोगको घोषणा गरेका हुन् ।
शेर्पा समूदायबाट चर्चित हास्य कलाकार साम्दे शेर्पाको सम्झनामा हरेक वर्ष हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कारको लागि रकम अभाव हुन नदिन आफूले सहयोग गरेको सांसद लामाले बताए । लामा हालै नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।
उनले साम्दे शेर्पाको स्मृतिमा रमझम र नाचगान गर्नु चाहि नसुहाउँदो भएको उल्लेख गर्दै स्मृति कार्यक्रम र नाचगान कार्यक्रम वेग्लावेग्लै दिनमा गर्न सुझाव दिएका थिए ।