प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सरे: यस्तो थियो स्वागत
२०७४ फाल्गुन ६, आईतवार २१:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार सरेका छन् । ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री ओली ६ बजेर ५ मिनेटममा मात्र बालुवाटार प्रवेश गरे । प्रधानमन्त्री ओलीलाई नेवारी बाजागाजाले स्वागत गरिएको थियो ।
बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका ओली पिपलको बिरूवामा पानी हालेर बालुवाटारको मुख्य निवास प्रवेश गरे ।
पहिलोपटक प्रधानमन्त्री भएर बालुवाटार छाडेको दिन गत वर्षको साउनमा ओलीले यो बिरुवा रोपेका थिए।