एभरेस्ट टाइम्स/काठमाडौं
नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने भएका छन्। सोमबार दुइ दलका शीर्ष नेता बीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने निर्णय गरेको छ।
साँझ ७:३० बाट प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति ११ बजेसम्म चलेको एकता संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको हो। दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
बैठकमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री एवं पार्ट अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, एमाले महासचिव इश्वर पोखरेल र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी भएका थिए ।
यस्ता छन् सहमति