९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

गोपाल किरातीले पुनर्गठन गरे आफ्नो समूहको विद्यार्थी संगठन


१७ फाल्गुन २०७४, बिहिबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

नेकपा माओवादीबाट हालै निष्कासनमा परेका नेता गोपाल किरातीले नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी लाई पुनर्गठन गरेका छन् ।

बुधबार राजधानीको सोल्टीमोडस्थित प्लटिनम होटलमा एक कार्यक्रम आयोजना गरी अखिल क्रान्तिकारी पुनर्गठन गरेका हुन् ।

कार्यक्रममा आलोक रायमाझीको संयोजकत्वमा ४० सदस्यीय समिति गठन गरिएको छ । रायमाझी यसअघि संस्थापन पक्षबाटै अखिल क्रान्तिकारीका अध्यक्ष थिए ।

क्रान्तिकारी विद्यार्थीको पुनर्गठन कार्यक्रमको बन्दसत्रमा किरातीले वाम गठबन्धनको वास्तविकता थाहा पाएपछि नेपालीले ‘माया गर्नेको चोखो माया पनि देखियो’ बोलको लयमा गीत गाउने दाबी गरेका हुन्।

किरातीले भने, ‘अहिले मेरा पूर्व अध्यक्ष प्रचण्ड वाम गठबन्धनमा जानु भएको छ। नेपाली जनताले अब केही वर्षमै माया गर्नेको चोखो माया पनि देखियो बोलको गीत गाउनुपर्नेछ। त्यो गीत चाहि ओली र प्रचण्डको समाजवाद र समृद्धि पनि देखियो भन्ने हुन्छ। हामी त चिन्छौ ओली र प्रचण्डलाई।’

किराती एमालेसँग एकता गर्नुहुन्न भन्ने पक्षमा अडान गरेका कारण माओवादीबाट निष्कासनमा परेका थिए।

उक्त कार्यक्रममा नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’, लोकेन्द्र बिष्ट, विष्णुभक्त दुलाल ‘आहुती’लगायतको उपस्थित थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहिबार  ९ : १३ बजे